टोकियो,जापान । पर्बत समाज जापानले नेपालबाट कोपा फुटबल टुर्नामेन्टका लागि जापान आएका खेलाडी सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। १२ बर्ष मुनिका १२ खेलाडि १ प्रशिक्षक र अफिसीयल १ जना गरि १४ जनाको टिम लाई मायाको चिनो सहित ऊपहार प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए आईसिसि ऊपाध्यक्ष तथा पर्बत समाज जापानका सल्लाहकार महेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा फुटबल संघ जापानका अध्यक्ष बसन्त गौचनको बिशेष आतिथ्यता रहेको थियो । प्रमुख अतिथी महेश श्रेष्ठले खेलकुदको क्षेत्रलाई प्रोत्साहन स्वरुप यस्ता कार्यक्रम गरेर खेलाडिको हौसला बढाउने कार्य गरेकोमा समाजलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै फुटबल संघ जापानका अध्यक्ष गौचनले हाल सम्म जापानमा ५ पटक सम्म खेलाडी ल्यायर टुर्नामेन्टमा सहभागिता जनाएको र खेलाडिको हौसलाकोलागी संस्थागत रूपमा यति आत्मिताका साथ स्वागत गरेको भन्दै पर्बत समाज प्रति सधै आभारि हुने छौ भन्दै खुशि ब्यक्त गर्नु भएको थियो। भने पर्बत समाजका सल्लाहकार समेत रहनु भएका पत्रकार महासंघ जापानका पुर्व अघ्यक्ष मोहन घलेले खेलाडि हरूलाई सफलताको शुभकामना सहित स्वागत गर्नुभएको थियो ।
समाजका उपाध्यक्ष मुक्ति राज रेग्मि को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता रबिन शर्मा तथा स्वागत महासचिब राम बाँस्तोलाले गर्नुभएको थियो ।
(2).gif)
