युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (यूएनटीएफ) को हाइब्रिड अधिवेशनले २०२४-२०२८ कार्यकालका लागि मास्टर लव प्रसाद गोर्खालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
वरिष्ठ उपाध्यक्षमा किसन सिंह बराल थापा र जगन लाल श्रेष्ठ, उपाध्यक्षमा हरिहर पाण्डे, महासचिवमा गणेश थापा, सचिव तथा प्रवक्तामा राजु थापा, कोशाध्यक्षमा अमृत महतो र सदस्यहरूमा ज्वाला कार्की, महादेव धानुक, रुपा स्यान्तान, दीपक राना, उमेश राज भण्डारी, मिनु कार्की महर्जन, अर्जुन खड्का, कौशिला खनाल, सिद्धार्थ श्रेष्ठ, राजु तिमल्सिना, नरेश कुमार श्रेष्ठ, सुरज श्रेष्ठ, ऋतु जिम्मी राई, र नन्दु विष्ट निर्वाचित भएका छन्।
युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघको महाधिवेशनबाट एनआरएनए जापानका उपाध्यक्ष समेत रहनुभएका तेक्वान्डो खेलाडी सिद्धार्थ श्रेष्ठ सदस्यमा चयन भएका छन। महासंघले बिभिन्न देशमा रहेर नेपाली खेलकुद र खेलाडीहरूको बिकासका लागि सकारात्मक सहयोग गर्दै आईरहेको छ ।
(2).gif)
