संचारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा आज (मंगलबार) एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको जानकारी दिए ।
घोषित पार्टीको चुनाव चिह्न घण्टी रहने भएको छ । चुनाव चिह्न सार्वजनिक गर्दै उनले भ्रष्टहरुको दिमागमा घण्टी बजाउन लागिएको बताए ।
(2).gif)
