बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी गुन्माको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा नसिर मिया सर्वसम्मत

गण्डकी पोष्ट श्रावण २९, २०७९ आइतबार
  • 1.1K
    SHARES
  • प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी गुन्माको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा नसिर मिया सर्वसम्मत

    प्रवासी नेपाली मञ्च जापान,क्षेत्रिय कमिटी गुन्माको पहिलो अधिवेशन आईतवार सम्पन्न भएको छ।

    images

    अधिवेशनले नसिर मियाको अध्यक्षतामा १९ सदस्यीय क्षेत्रीय कमिटी चयन गरेको छ।

     

    कमिटिको उपाध्यक्षमा सुमनराज डल्लाकोटी,सचिवमा चन्द्रबहादुर नेपाली,उपसचिवमा ममता बि.क. र दिपेन्द्र गौतम रहेका छन भने सदस्यहरूमा क्रमश  सूर्य शर्मा,खामिर हिट गुरूङ,दिपककाजी थापा,गणेश अर्याल,अजया सुवेदी,बुद्धी गुरूङ,प्रेमप्रसाद आचार्य,शिशिर तामाङ,श्याम थापा,कमल बि.क.,सिजन भुषाल,बिराज सुनार,उज्वल लुईटेल र शैलेन थापा निर्बिरोध निर्वाचित भएका छन्।

     

    प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष सुरेश केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशेष अतिथि संगठन बिकास प्रमुख कुलचन्द्र खरेल तथा कान्तोका अध्यक्ष बुद्धिराज घिमिरे, नेपाली साझा समाज जापानका अध्यक्ष बुद्धिराज लामा,अर्जुन आचार्य लगायतको उपस्थिती रहेको थियो ।

     

    अधिबेशन चन्द्र बहादुर नेपालीको संचालन ध्रुव दाहालको स्वागत र सागर भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार