बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

गल्कोट समाज नागोयाको भलिबल प्रतियोगितामा आयोजकले मनोमानी गरेको पर्वत समाजको आरोप( विज्ञप्ती सहित)

गण्डकी पोष्ट जेठ २०, २०७९ शुक्रबार
  • 376
    SHARES
  • गल्कोट समाज नागोयाको भलिबल प्रतियोगितामा आयोजकले मनोमानी गरेको पर्वत समाजको आरोप( विज्ञप्ती सहित)

    गल्कोट समाज जापान क्षेत्रीय समिति नागोयाले आयोजना गरेको तेस्रो मैत्रीपूर्ण खुल्ला पुरुष भलिबल प्रतियोगिताका  सम्बन्धमा पर्वत समाज जापानले गम्भिर प्रश्न खडा गरेको छ।  

    images

     

    पर्वत समाज जापानले एक विज्ञप्ती मार्फत प्रतियोगिता आयोजना गर्नु नेपाली दाजुभाई बिच भातृत्व विकासका लागि थियो कि आफू विजेता बन्नका लागि थियो भन्दै आयोजकलाई नियोजित गम्भिर गल्तिमा आत्मसमिक्षा सहित यथासक्य छिटो जवाफ र निर्णयको माग गरेको छ। 

     

    अध्यक्ष जनक सुबेदी र महासचिब रामप्रसाद बाँस्तोलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा आयोजकको तर्फबाट निहित उद्देश्य राखी खेललाई मनोमानी तरिकाले खेलाएको प्रति गम्भिर ध्यानाकषर्ण भएको उल्लेख छ । 

     जीतको दाबेदारीको साथ खेलिरहेको समाजको टिमद्वारा  प्रस्तुत खेलमा रेफ्रीको भूमिका तथा आयोजकले टाईसिट तयार पार्दा देखिनै आफू अनुकुल नियम बनाई खेलाईएको अवस्थामा खेल छाडेर हिँड्न बाध्य भएको उल्लेख गरिएको छ।  

     

    खेललाई खेलको मर्यादित नियममा खेलाउन नसक्ने आयोजक, नियम पालना गराउनुपर्ने रेफ्रिनै आयोजकप्रति बफादार बन्दा जापानमा आगामी दिनमा हुने अन्य खेलहरुप्रतिनै गम्भिर प्रश्न चिन्ह उठ्ने तर्फ ख्याल गर्नुपर्ने भएकोले यस् बारेमा नेपाल भलिबल संघ जापानको समेत ध्यानाकर्षण गरिएको जनाएको छ ।  यस्तो छ विज्ञप्तीको पूर्ण  बिवरण र टाईसिट-

    43C492CE-58A1-46A4-AED4-BC141032D721.jpegE9B1FA68-C5FA-4010-A03B-2DBA154D1009.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार