बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

गलकोट स्पोर्ट्स क्लबद्वारा ११औं सिल्भर रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न

गलकोट स्पोर्ट्स क्लबद्वारा ११औं सिल्भर रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न

गलकोट स्पोर्ट्स क्लब टोकियो जापान ले आफ्नो ११औं वार्षिकोत्सव तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजना गरेको “११औं सिल्भर रनिङ कप पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता २०२६” चिवास्थित याहोस एरेना स्टेडियममा सम्पन्न गरेको छ।

images

 

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने उद्देश्यसहित सन् २०१५ मा स्थापना भएको क्लबले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा यसपटक पुरुष, महिला तथा भेट्रान्स मैत्रीपूर्ण खेलसमेत समावेश गरिएको थियो।

 

प्रतियोगितामा पुरुषतर्फ ८ टोली र महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो। पुरुषतर्फ गलकोट स्पोर्ट्स क्लब टोकियो जापान, गलकोट समाज जापान, पिरो स्पोर्ट्स क्लब, बागलुङ समाज जापान, ताराखोला फ्रेन्ड्स सर्कल, चिवा गाईज, घुम्टे युवा परिवार र नारिता भलिबल ग्रुपबीच प्रतिस्पर्धा भएको थियो।

 

कडा प्रतिस्पर्धापछि घुम्टे युवा परिवार जापान प्रथम हुँदै ३ लाख ३३ हजार ३ सय ३३ येनसहित सिल्भर कप, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो। पिरो स्पोर्ट्स क्लब दोस्रो हुँदै २ लाख २२ हजार २ सय २२ येनसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो। गलकोट समाज जापान र चिवा गाईज ले सान्त्वना स्थान हासिल गर्दै जनही ६१ हजार १ सय ११ येन प्राप्त गरेका थिए।

महिलातर्फ एनवाईएससी(NYSC)जापान, पुन क्लब जापान, मोना जापान, बुकी रेष्टुरेन्ट र घुम्टे युवा परिवार जापान सहभागी थिए। प्रतियोगितामा एनवाईएससी(NYSC)जापान प्रथम हुँदै १ लाख ११ हजार १ सय ११ येनसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने मोना जापान दोस्रो हुँदै ६६ हजार ६ सय ६६ येनसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो।

प्रतियोगितामा विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिएको थियो। पुरुषतर्फ मिन सुनार बेस्ट सेटर, तोरण चन्द ठकुरी बेस्ट ब्लकर, अशोक सुनार उत्कृष्ट सर्भर, अनमोल खत्री बेस्ट आउटसाइड हिटर, मिलन क्षेत्री बेस्ट अपोजिट हिटर, योगेश राई बेस्ट लिबेरो घोषित भए। दीपक कार्की उत्कृष्ट प्रशिक्षक तथा रवि केसी उत्कृष्ट खेलाडी घोषित भए।

महिलातर्फ शान्ती महतो उत्कृष्ट खेलाडी, सस्मी पुन बेस्ट आउटसाइड हिटर तथा बसन्त थापा उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए।

कार्यक्रम रमेशकुमार खत्री को अध्यक्षतामा तथा लोकेश खत्री को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सञ्चालन महासचिव नारायण थापा र उपाध्यक्ष दिनेश थापाले गरेका थिए।

कार्यक्रममा नविन निउरे, भलिबल खेलाडी देवेन्द्र खत्री तथा नरेठाटी युवा क्लबका अध्यक्ष पूर्ण बहादुर कार्की लाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, खेलाडी, दर्शक तथा उपस्थित सबैप्रति क्लबका महासचिव नारायण थापाले धन्यवाद व्यक्त गरेका छन्।

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार