बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

केही दिन हल्का वर्षा र हिमपात

गण्डकी पोष्ट माघ १७, २०७८ सोमबार
  • 396
    SHARES
  • केही दिन हल्का वर्षा र हिमपात

    मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।

    महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री र अधिकतम तापक्रम १६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.७ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/78
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार