बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

गैर आवासीय नेपाली संघको दसौं महाधिवेशनमा टंक गैरेद्वारा एशिया प्यासिफिकको उप संयोजक पदमा उम्मेदवारी घोषणा

गण्डकी पोष्ट भाद्र १९, २०७८ शनिबार
  • 853
    SHARES
  • गैर आवासीय नेपाली संघको दसौं महाधिवेशनमा टंक गैरेद्वारा एशिया प्यासिफिकको उप संयोजक पदमा उम्मेदवारी घोषणा

    गैर आवासीय नेपाली संघमार्फत विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालको संवृद्धि र संस्कारप्रति आकर्षित गर्ने र संस्थामा रहेका विसंगति र विकृति हटाउने उद्देश्यका साथ एसिया प्यासिफिकको उप संयोजक(डिआरसी) मा टंक गैरेले उम्मेदवारी घोषणा गरेका छन ।

    images

    जापानमा रहेर समाजका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय तथा एनआरएनएको गतिविधिमा लामो समयदेखि क्रियाशील गैरेले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले उप संयोजक(डिआरसी) मा उम्मेदवारी दिएको बताएका छन ।

    एनआरएनए जापानको उपाध्यक्ष, एनआरएनए आईसीसीको सदस्य र गत एनआरएनएको निर्वाचनमा उप संयोजक(डिआरसी) पदमा उम्मेदवारी दिइ उप विजेता भएका गैरेले निरन्तर रूपमा यस अभियानमा सक्रिय रहेकोले आफू सो पदका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ । ‘विगतको निर्वाचनमा पनि म उपविजेता रहेकोले यस पटक सबैको साथ र सहयोग रहेकोले जित निश्चित छ’ गैरेले भने ।

    निर्वाचनका लागि गैरेले नेपालमा गरिरहेको लगानीलाई निरन्तरता दिनुका साथै अझ बढाउन प्रयास गर्ने, जापानबाट प्राप्त ज्ञान, सिप, क्षमता र पुँजीलाई नेपाल लैजान पहल गर्ने, जापानीज पर्यटक नेपाल लैजान योजना बनाउँदै कार्यान्वयन गर्ने लगायतका चुनावी एजेण्डाहरु अगाडि सारेका छन ।

    गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजकका उम्मेदवार गैरेले आफ्नो उम्मेदवारी चुनाव जितेर पद ओगट्नका लागि मात्र नभई नेपाल र नेपालीका लागि रचनात्मक कार्य गर्नका लागि भएको जिकिर गरे ।सम्पूर्ण एनआरएनए नेपालीलाई उनले आफ्नो पक्षमा मतदान गर्न अपिल गर्दै प्रवासी नेपालीलाई नेपालसँग जोड्दै मातृभूमिको लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    बागलुङको गल्कोटमा जन्मिएका गैरे हाल जापानमा व्यावसायीको रूपमा कार्यरत रहेका छन । विभिन्न सामाजिक र व्यावसायिक संघ संस्थामा आवद्द गैरेले समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राखी कुनै पदमा बसेर आफ्नो पदको मर्यादा अनुरूप समाज सेवा गर्नुपर्ने उनको मान्यता रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार