बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

एनआरएनएको एसिया प्याशिफिक युवा संयोजकमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा

गण्डकी पोष्ट भाद्र ८, २०७८ मंगलबार
  • 398
    SHARES
  • एनआरएनएको एसिया प्याशिफिक युवा संयोजकमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा

    टोकियो,जापान।

    images

    गैर आवासीय नेपाली संघ ( एनआरएनए ) को दशौ विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी बढेको छ । यतिखेर विश्वभरिबाट एनआरएनए अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसै क्रममा एनआरएनए एसिया प्याशिफिकको युवा संयोजकमा दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

    जापानमा रही सफल व्यवसायीको छवि बनाउनुभएका कँडेल स्वच्छ छविका साथ समाजसेवामा पनी तल्लीन हुनुहुन्छ । 

    बर्तमान कार्यसमितिमा पनी एसिया प्याशिफिक युवा संयोजक रहनुभएका कँडेलले आगामी २०२१-२३ कार्यकालको लागी पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।अग्रजहरुको साथ सहयोग र सल्लाहमा पुन सोही पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको कँडेलले बताउनुभयो ।

    युवाहरुका आवाजलाई सशक्त ढंगले उठाउँदै आउनुभएका कँडेलको पारदर्शिता र इमानदारीताको खुलेरै प्रसंशा गर्ने गरेको पाइन्छ। कँडेलको नेतृत्वमा पहिलो पटक एनआरएनस्तरीय विश्वब्यापी स्पीज कन्टेस्ट आयोजना गर्दै दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराउने कार्यको शूरुवात गरिएको थियो । .

    एनआरएनएको बिश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिख सम्म काठमाडौंमा हुँदैछ | 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार