एनआरएनए जापानको आगामी कार्यकाल (२०२३-२५) को लागि फुकुओकाबाट सचिव पदमा अर्जुन थापा(बगाले)ले उम्मेदवारी दर्ता गराउनुभएको छ।
एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गराउनुभएको हो ।
विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आईरहनुभएका थापा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आईरहनुभएको छ ।
फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियानका सचिब, नेपाल फेस्टिवल फुकुओकाको सचिब, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिब, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गर्दै आउनुभएको सुन्दर ईतिहास छ ।
सामाजिक जिम्मेवारी निर्वाह गर्दै गर्दा धेरै नै महत्वपूर्ण कार्यहरु गरेका थापा अझ सशक्त भएर सामाजिक कार्य गर्न तिब्र इच्छा सहित आएको बताउनुहुन्छ ।
“एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु” थापाले भन्नुभयो ।
विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आउनुभएका थापाले पुन सामाजिक कार्य गर्ने अवसरका लागि जापानवासी नेपालीमाझ अपिल गर्नुभएको छ। २०२३ -२०२५ कार्यकालको लागि मलाई सचिव पदमा अत्यधिक बहुमतका साथ विजय गराई यहाँहरुको सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
(2).gif)
