बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

पत्रकार सम्मेलन गर्दै बर्तमान उपाध्यक्ष अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा 

गण्डकी पोष्ट आषाढ ३१, २०८० आइतबार
  • 296
    SHARES
  • पत्रकार सम्मेलन गर्दै बर्तमान उपाध्यक्ष अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा 

    नागोया / जापान

    images

    पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले  एनआरएनए जापानको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा सनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोजना प्रस्तुत गरे। साथै सम्मेलनमा उठेका प्रश्नको जवाफ दिदैं अधिकारीले आफु लाई धेरै बोल्न नआउने तर काममा सधै ईमान्दारिता पूर्वक लागेको र भविश्यमा पनि लाग्ने बताए। ठूला कुरा गरेर मात्रै हुँदैन, यति ठूलो संख्यामा नेपाली भएको जापानका हरेक नेपाली लाई समस्या पर्दा अभिभावकको भूमिका र्निभाह त गर्नु नै छ, त्यस बाहेक पनि एनआरएनए सबै नेपालीले आफ्नै संस्था हो भन्ने महशुश हुने गरि काम गर्ने छु उनले भने।

    यस अघि एनआरएनए जापानको अध्यक्ष पदमा नागोयाबाट एनआरएनए आईसिसि सदस्य दिपक कार्की पनि उठ्ने चर्चा चले पनि उहाँले मलाई सहयोग गर्ने बताउनु भएको छ। हामी एकजुट भएर अघि बढ्ने छौं अधिकारीले भने। लगतै दिपक कार्की ले पनि राजकुमार अधिकारी लाई अध्यक्ष बनाउन आफु पनि लागि पर्ने उद्‌घोष गरे। 

    पत्रकार सम्मेलनमा एनआरएनए अभियानमा लागेकाहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनएले आफ्नो लक्ष्य अनुसार गन्तव्य पच्छाउन नसकेको भन्दै चिन्ता समेत व्यक्त गरेका थिए। कार्यक्रममा एनआएनए आईसिसि सदस्य दिपक कार्की , एनआरएनए जापानका सचिव श्याम शितल, एनआरएनए जापानका पूर्व उपाध्यक्ष डिलाराम खरेल, पूर्व महासचिव डा सुदिप अधिकारी, पूर्व सचिव डा सरोज कँडेल , पूर्व सचिव बिष्णु प्रसाद घिमिरे , पूर्व प्रवक्ता सन्देश पोखरेल ,पूर्व कार्य समिति सदस्य एवं गुल्मी समाज जापानका उपाध्यक्ष बाबुराम खरेल एनआएनए नायोयाका संयोजक मनोज बम मल्ल  , नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार एवं नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपाने ,दर्शन समाज जापानका संरक्षक सुरज मल्ल ,प्रबासी नेपाली मञ्च नागोयाका अध्यक्ष नरेश राई प्रवासी नेपाली सम्पर्क विभाग (चुबु) सभापति हरि श्रेष्ठ , दर्शन समाज नागोयाकी महिला संयोजक बिमला हमाल लगाएत अध्यक्षका उमेदवार राजकुमार अधिकारीलाई सुझाव एवं शुभकामना दिएका थिए।

  • सम्बन्धित विषय:

  • # कविकिरण न्यौपाने
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार