बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने घोषणा

गण्डकी पोष्ट आषाढ ३०, २०८० शनिबार
  • 382
    SHARES
  • एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले  उम्मेद्वारी दिने घोषणा

    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(“एनआरएनए)जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।

    images

     गैरआवासीय नेपाली संघ एनआरएनए जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको बेला अहिले धमाधम एनआरएनए जापानको केन्द्रिय चुनावको लागि उम्मेद्धारहरुले पनि आफ्नो उमेद्वारी धोषणा गरिरहनु भएको छ यसैबिच एनआरएनए जापानको आगामी २०२३-०२५ कार्यकालको लागि सचिव पदमा  श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो।

    जापानमा सामाजिक कार्यमा सक्रिय युवा मनोज सन २०१५ देखी एनआरएनए जापानको साधरण सदस्य बाट सन् २०१७-०१९ को कान्तो क्षेत्रिय समिति हुदैँ हाल एनआरएनए जापानको केन्द्रिय सदस्यका साथै हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजको केन्द्रिय कोषाध्यक्षमा रहेर काम गरिरहनु भएको छ ।

     श्रेष्ठले उम्मेद्वारी सार्वजनिक गरे संगै निर्विरोधको लागि पहल भईरहेको बताउनु भयो । जापानमा सबै युवाहरु देखि विभिन्न समुदायहरुसँग सहकार्य गर्न सक्ने युवा मनोज श्रेष्ठ अब एनआरएनए जापानको सचिवमा उम्मेद्धारी दिएको जानकारी गराउनु भयो।

    ‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारा सहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार