एनआरएनए जापानको एघारौ महाधिबेशन नजिकिएसँगै नेतृत्वका लागि उम्मेद्बारी घोषणा शुरु भएको छ । आईतवार मात्रै बर्तमान बरिष्ठ उपाध्यक्ष नबिन निउरेले उम्मेद्बारी घोषणा गर्दा अझै केही आकाङ्क्षी भने अझै तालमेल र सहमती गर्न सकिन्छकी भनी आन्तरिक छलफलमा रहेको बुझिएको छ ।
जुलाई २९ तारिख हुनलागेको एनआरएनए जापानको ११ औं महाधिबेशन नजिकिदै जादा अध्यक्ष पदका लागि अहिले सम्म बरिष्ठ उपाध्यक्ष नबिन निउरे,उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी, उपाध्यक्ष संगिता अधिकारी सुबेदी र महासचिव सिद्धार्थ श्रेष्ठ भावी अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।
अहिलेसम्म एक जनाको मात्रै औपचारिक घोषणा भएपनी अन्यले उम्मेद्बारी घोषणा गर्नसकेका छैनन् । द्वय उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले केही दिनमा घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।
भने एनआरएनए जापानको यो कार्यकाललाई सफलता तर्फ पुर्याउन मुख्य भूमिका निर्वाह गर्ने दुई अभियान्त उपाध्यक्ष संगिता अधिकारी सुबेदी र महासचिब सिद्धार्थ श्रेष्ठ एक अर्कालाई सहयोगको अपिल गर्दै एक अर्कालाई मनाउन नसक्दा उम्मेद्बारी घोषणामा ढिलाई भएको बुझिएको छ। यही जुलाई २२ र २३ मा नेपाल फेष्टीवलको उपसंयोजक समेत रहनुभएकी सुबेदी नेपालीको समस्यामा र जापानी निकायहरू संग समन्वय गरेर काम गर्न अब्बल मानिनुहुन्छ भने हुँदै गरेको नेपाल फेष्टीवलको सचिब पनि रहनुभएका महासचिब श्रेष्ठ एनआरएनए जापानमा भएको ठुलो आर्थिक अनियमिता सार्वजनिक गरेर चर्चामा आएसँगै जापानमा रहेका नेपालीको दु:खसुखको सारथी बन्दै सक्रिय अभियन्ताको छवि बनाएको पात्र हुनुहुन्छ ।
(2).gif)
