हिन्दू नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा ‘तीज धमाका २०२३ आयोजना गर्ने भएको छ ।
गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोले विगतका बर्ष देखी नै निरन्तर कार्यक्रम गर्दै आइरहेको तीज धमाका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिदै नेपालबाट लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि मनाउन लागिएको समितिका अध्यक्ष राजु बस्नेतले जानकारी दिनुभयो ।
नेपालका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती मा नेपालको झल्को मेटाउने उद्धेश्यले आयोजित तिज धमकामा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई अहिलैबाट समय ब्यवस्थापन गर्नकोलागि समेत अध्यक्ष बस्नेतले अनुरोध गर्नुभएको छ ।
कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको भिषाका लागि आवश्यक डकुमेन्ट्रेसनको प्रकृयामा रहेको र कार्यक्रम सेप्टेम्बर १८ तारिखका दिनमा नेपालिहरुको बाक्लो बसोबास रहेको ठाउँ कामता कन्सर्ट हलमा हुने जानकारी समितीका सचिव दिपक सुवेदी विप्लबले जनकारी दिनुभयो ।
तिज धमाका २०२३ ले नेपाल कै झल्को मेटाउन खालको आयोजना गरिने र सोहि अनुसार आन्तरिक तयारी गरिरहेको उपाध्यक्ष दिनेश थापाले बताउनुभयो । विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा कान्तो समिति पूर्ण रूपमा विश्वस्त रहेको उपाध्यक्ष थापाको भनाई छ।
जापान मा रहेका क्रियाशील विभीन्न संघ संस्थाहरूलाइ कार्यक्रम नजुधाउन समेत सचिव विप्लबले अनुरोध गर्नुभएको छ।
(2).gif)
