नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका छन् । शाहको तीन सयौँ जन्मजयन्तीका अवसरमा महामन्त्री थापाले शाहको अभियानको मूख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकिकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहश गर्न सकिने र उनले जे गर्न चाहेको भए तापनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाई दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने भन्दै शाह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता भएको बताएका हुन् ।
उनले शाहको यो भुमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आबश्यक नभएको र पृथ्वनारायण शाहका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर उनको अधिमुल्यन वा अवमूल्यन गर्नु सही नहुने र तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्नु पनि न्यायसंगत नहुन सक्ने बताएका छन् ।
(2).gif)
