शुक्रबार, कार्तिक ७ गते २०८३ Friday, 23 Oct, 2026
Follow Us on

Trending

नेपाल मगर संघ जापानले माघे संक्रान्ती बिशेष २५ औं लाङ्घाली साँझ-२०२२ जनवरी २३ तारिख आईतवार बृहत रुपमा टोकियो गर्दै

गण्डकी पोष्ट पौष १४, २०७८ बुधबार
  • 344
    SHARES
  • नेपाल मगर संघ जापानले माघे संक्रान्ती बिशेष २५ औं लाङ्घाली साँझ-२०२२ जनवरी २३ तारिख आईतवार बृहत रुपमा टोकियो गर्दै

    टोकियो, जापान ।  

    images

    नेपाल मगर संघ जापानको आयोजनामा माघे संक्रान्ती बिशेष २५ औं लाङ्घाली सॉंझ २०२२ को आयोजना हुने भएको छ । मगरहरुको मौलिक तथा प्रमुख चाड माघे संक्रान्तीको अवसरमा आयोजित कार्यक्रम आगामी जनवरी २३ तारिख आईतवार टोकियोमा  हुने जनाईएको छ ।  

    नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरका अनुसार लोक तथा दोहोरी गायक चेतन घर्तीमगर, होम पुन,गायकहरु संचिन बाबु मगर,गौरब आले,केशव श्रीस मगर लगायतका कलाकारहरुको आर्कषक सांगितिक प्रस्तुतीहरुको साथमा अन्य स्थानीय कलाकारहरुबाट कौराह र चुट्का सहितको बृहत कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

    टोकियोको ईकेबुकुरोमा रहेको तोशिमा सिभिल सेन्टरको आठौँ तलामा आयोजना गरिने कार्यक्रम जनवरी २३ तारिख आईतवार  साँझ ५ बजेबाट रातको  ९ बजेसम्म आयोजन गरिने जनाउदै अध्यक्ष काउचा मगरले कार्यक्रममा अपवाद व्याण्डको लाईव सो पनि रहने बताउनुभयो । 

    प्रवासमा मगरहरुको मौलिक कला सहितको साँस्कृतिक प्रस्तुतीहरुको साथमा विभिन्न कलाकारहरुको उत्कृष्ट सांगितिक प्रस्तुतीहरु रहने माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२२ मा प्रवेश शुल्क भने २००० येन निर्धारण गरिएको छ ।

    प्रवाशमा रहेर पनि  नेपाल र नेपाली संस्कार र संस्कृतिको झल्को दिने एतिहासिक कार्यक्रम गर्न  लागेकोले सम्पूर्ण जापानबाशि नेपालीहरुमा उपस्थितीभै कार्यक्रमलाई भब्य र सब्य बनाउनेकार्यमा हातेमालो गर्नपनी आयोजकले अनुरोध गरेका छन् । 

    144F236A-7E9D-4DF0-B981-88F3B9E8509F.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार