बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

एनआरएनएको दशौँ महाधिवेशन डिसेम्बर १९ र २० तारिखमा,निर्वाचन भने डिसेम्बर १५ तारिख हुने

गण्डकी पोष्ट मंसिर ४, २०७८ शनिबार
  • 700
    SHARES
  • एनआरएनएको दशौँ महाधिवेशन डिसेम्बर १९ र २० तारिखमा,निर्वाचन भने डिसेम्बर १५ तारिख हुने

    गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी डिसेम्बर १९ र २० तारिखमा हुने भएको छ।  

    images

    संघको नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन भने डिसेम्बर १५ तारिखका दिनलाई तोकिएको छ।

    गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो। 

    विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् ( आइसीसी ) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएका थिए ।

    संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो ।

    परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भएको छलफलपछि महाधिवेशन गर्ने सहमति भएको अध्यक्ष कुमार पन्तले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार