बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

फुमियो किशिदा एलडीपीको नेतृत्वमा बिजयी भएसंगै जापानको प्रधानमन्त्री हुने पक्का

गण्डकी पोष्ट आश्विन १३, २०७८ बुधबार
  • 243
    SHARES
  • फुमियो किशिदा एलडीपीको नेतृत्वमा बिजयी भएसंगै जापानको प्रधानमन्त्री हुने पक्का

    जापानको  प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री फुमियो किशिदा हुने  निश्चित भएको छ । किशिदा बुधबार भएको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को  निर्वाचनमा चुनिएसँगै उनी  जापानको भावि प्रधानमन्त्री बन्ने  पक्का भएको छ। संसदमा एलडीपीको बुहमत भएकाले किशिदा नै अबको नयाँ प्रधानमन्त्री बन्ने पक्का भइसकेको बताइएको छ । ६४ वर्षीय किशिदा अक्टोबर ४ मा बोलाईएको तल्लो सदनको विशेष अधिवेशनबाट आधिकारिक रूपमा जापानको १०० औ प्रधानमन्त्री हुने छन्।

    images

    यसअघि पद छाड्ने निर्णय गरेका प्रधानमन्त्री योसिहिदे सुगाको स्थान अब किशिदाले लिनेछन् । प्रधानमन्त्रीका रुपमा किशिदाको पहिलो जिम्मेवारी भनेको एलडीपी पार्टीलाई आगामी निर्वाचनमा जित दिलाउनु हुनेछ । 

    टोकियो ओलम्पिक्स पश्चात् पार्टीको लोकप्रियतामा अधिक कमी आएको पाइएको छ । पूर्व विदेश मन्त्री रहिरसकेका किशिदाले सबैभन्दा लोकप्रिय उमेदवार मानिएका तारो कोनोलाई हराउँदै पार्टी नेतृत्वकर्ता बनेका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार