बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

बागलुङका २७ वर्षीय युवा यदुराम सापकोटाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने घोषणा

गण्डकी पोष्ट आश्विन ५, २०७८ मंगलबार
  • 853
    SHARES
  • बागलुङका २७ वर्षीय युवा यदुराम सापकोटाद्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधीमा उम्मेदवारी दिने घोषणा

     

    images

     

    करिब ५६ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिबेसन सम्पन्न भएको छ ,सभापती देउबाको गृहजिल्लामा वडा अधिबेसनकै सवालमा ठुलो बिबाद कायम छ भने बाकी २० जिल्लामा क्रियाशील सदस्यहरुको नाम नै सार्वजिनक भएको छैन । भाद्र १८ गते बाट प्रारम्भ भएको वडा अधिबेसन बाकी रहेका जिल्लामा असोज ५ गते गर्ने र प्रदेश क्षेत्र,संघिय क्षेत्र जिल्ला,प्रदेश र सँघ सम्म ८ तहको १४ अधिबेसन सम्पन्न गर्ने तयारीमा कांग्रेस छ।

    बाग्लुङ जिल्लाको गलकोट नगरपालीका वाड नम्बर ९ बाट क्षेत्रिय प्रतिनीधीमा खुल्ला तर्फ बाट निर्वाचित २७ बर्षिय क्षेत्रिय प्रतिनीधी यदुराम सापकोटा,आफ्नो यो यात्रालाई केन्द्र सम्म पुराउने लक्ष्य बोकेर अगाडी बढेका छन् । क्षेत्र न:२ बाट चुनिएर आउने करिब ८०० क्षेत्रिय प्रतिनीधीहरुको बिचमा उनले आफुलाई केन्द्रिय महाधिबेसन प्रतिनीधीको उमेदवारको रुपमा अगाडी बढाएका छन् । तपाईको उमेदवारी अन्तिम सम्म कायम रहन्छ भनेर सोधिएको प्रश्नमा उनको उत्तर"जित या हार तपशिलको कुरा भयो,तर मेरो उमेर समुहले अब हामी कांग्रेस हाक्न सक्छौ भनेर सन्देश दिनका निम्ती पनि म ब्याक हुने अवस्थामा छैन!" भन्ने थियो । आफु अग्रज पुस्ता लाई सम्मान गर्दै हामी तयार भयौ है भन्न अगाडी सरेको उनि बताउछन। अग्रज पुस्तालाई बढार्नुपर्छ भनेर नभई ,अब अग्रज पुस्तालाई नयाँ पुस्ताले सघाउनु पर्छ भनेर आफुले सन्देश दिनका निम्ती आफु उमेदवार बनेको उनले बताए!देशै भरीबाट वाड सभापती र क्षेत्रिय प्रतिनीधीहरुमा ५० प्रतिशत बढी प्रतिनीधीहरु आफ्नो पुस्ताबाट निर्वाचित हुदाँ आफुलाई अझै बढी साहस आएको उनले बताए।उनि भन्छन,"राजनितीमा जनताले पनि बिकल्प खोजिरहेका छन्,बिकल्पका नाममा कतिपयले बैकल्पिक पार्टी निर्माण गर्ने अभियान चलाए तर जनताले पत्याउने बिकल्प बन्न सकेनन,जनताले आशा पुरानै पार्टीहरुबाट गरेका छन्।कम्युनिस्ट हरुको हर्कतले गर्दा कांग्रेस नै अब बिकल्प हो भन्ने अवस्थामा जनता पुगिसकेका छन् तर कांग्रेस को पुरानो पुस्ता सँग जनता सन्तुष्ट छैनन।कम्युनिस्ट सँग असन्तुस्ट रहेका जनता ,कांग्रेसको नेत्रित्व सँग सन्तुस्ट हुने अवस्था नआउदा सम्म कांग्रेसपनि बिकल्प बन्न सक्दैन।१४ औ महाधिबेसनमा हाम्रो पुस्ताको प्रयासले जनतामा आशा जगाउने अवस्था बन्छ भने हामीले नेत्रित्वमा पुग्ने साहस गर्नुपर्छ।नेपाली कांग्रेसमा नँया पुस्ताको नेत्रित्वनै अब देशको बैकल्पिक शक्ती हो,कांग्रेसलाई नै बैकल्पीक शक्ती बनाउने बनाउने प्रयास को लागि,नेपालको राजनितीसँग बितृष्णा पैदा भएकाहरुलाई आशा जगाउनको निम्ती म र मेरो पुस्ताका समकालीन साथीहरुले आटँ गर्ने हो,त्यही आटँ लिएर म महाधिबेसन प्रतिनिधी को उमेदवार हुँ,मेरो प्रयासलाई तमाम साथीहरुको साथ र समर्थन रहनेमा म बिस्वस्थ छु!"

    (नेपाली कांग्रेसको १४ औ महाधिबेसनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिबेसन प्रतिनिधी पदका प्रत्यासी यदुराम सापकोटा सँगको कुराकानीमा आधारित अंश,सापकोटाले नेबिसँघ हुदै,जनसम्पर्क समिती जापानमा रहेर काम गरेका थिए ।उनि २७ बर्षकै उमेरमा महाधिबेसन प्रतिनिधीको उमेदवार बन्ने घोषणा गरेर सबैलाई आश्चर्यमा पारेका छन् । )

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार