टोकियो,जापान ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान र आईएचएनओ(IHNO)को सहकार्यमा ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ती दिईने भएको छ ।
एनआरएनएको समन्वयमा आईएचएनओ(IHNO)ले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि सेप्टेम्बर २० तारिखबाट आवेदन खुल्ला हुँदै छ ।आवेदन अक्टोबर २० तारिख सम्ममा आईएचएनओ(IHNO)को ठेगानामा पठाउनु पर्ने छ ।
छात्रवृत्तिको रकम प्रतिव्यक्ति अधिकतम प्रतिमहिना ३ मान येन प्रदानगरिनेछ भने छात्रवृत्तिको रकम प्रत्येक महिनाको आरुबाइतो को समय अनुसार फरक हुने ।
छात्रवृत्ति सम्बन्धी जानकारी दिने उद्धेश्यले मंगलबार आयोजित पत्रकार सम्मेलनमा आईएचएनओ का प्रतिनिधी कमल बास्तोलाले प्रष्ट पार्नुभएको थियो । भने बुधबार एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा जारी सूचनाबाट पनी छात्रवृत्ति सम्बन्धी जानकारी गराइएको छ ।

२ वर्ष सम्मको लागी समायवधी तोकिएको भएपनी हाल पढेको स्कुल बाट विद्यावारिधी गरेमा स्वतह छात्रवृत्ति को अबधि पनि सकिने जनाइएको छ।
आबेदन को लागि जापान को स्कुल तथा कलेज मा नियमित विद्यार्थीको रुपमा पढेको हुनु पर्ने,नेपाली नागरिक हुनु पर्ने , मिहेनतको साथ पठनपाठन गरेको हुनु पर्ने, जापानी इमिग्रेसनको नियम दफा १ ९ अनुसार हप्ता को २८ घण्टा को पार्ट टाइम नियम पालना गरेको हुनु पर्ने, IHNO को छात्रवृत्ति को लागि आवस्यक कागजात समयमा बुझाउनु पर्ने, NRNA जापान बाट सिफारिस गरिएको हुनु पर्ने मापदण्ड तोकिएको छ ।
छात्रवृत्ति फारम डाउनलोड गर्न नसकेमा info@ihno.net मा इमेल गरि प्राप्त गर्न सकिने जनाइएको छ ।
थप जानकारी तथा आवेदनको लागी तलकाे लिंक खोलेर हेर्नुहोला ।
थप जानकारीको लागी यहाँ क्लिक गरेर हेर्नुहोला ।
नमुना आवेदनको लागी यहाँ क्लिक गर्नुहोला
आबेदन फारमको लागी यहाँ क्लिक गर्नुहोला

(2).gif)
