बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

नेपाली विद्यार्थी समाज जापान (नेसाज) को कान्साई क्षेत्रिय समिती गठन, दल बहादुर दमाईको संयोजकत्वमा ९ सदस्यिय समिति सर्वसम्मत

गण्डकी पोष्ट भाद्र २९, २०७८ मंगलबार
  • 780
    SHARES
  • नेपाली विद्यार्थी समाज जापान (नेसाज) को कान्साई क्षेत्रिय समिती गठन, दल बहादुर दमाईको संयोजकत्वमा ९ सदस्यिय समिति सर्वसम्मत

     

    images

    नेपाली विद्यार्थी समाज जापान (नेसाज) को कान्साई क्षेत्रिय समिति गठन भएको छ । दल बहादुर दमाईको संयोजकत्वमा गठित क्षेत्रिय समितिमा उप-संयोजकमा उमेश अधिकारि, सचिब किरण अधिकारि सहितको ९ सदस्यिय समिति गठन भएको थियो । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रममा स्वास्थ्यलाई उच्च प्राथमकिता मा राखेर आवस्यक स्वास्थ्य सतर्कता अपनाउदै ह्योगो केनको कोबे सिटिमा कार्यक्रम सम्पन्न भएको थियो। 

     

    संस्था का महासचिब सन्जय कार्कि को अध्यक्षता र नेसाजका सल्लाहकार नरेन्द्र बस्नेतको प्रमुख आथित्यता र नेसाज कै सल्लाहकार कोबे युनिभर्सिटिका डा. भरत नेगी, एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटवालको बिशिष्ठ आतिथ्यताका साथै संस्थाका पुर्ब अध्यक्ष निबर्तमान कोषाध्यक्ष एनआरएनए कान्साइ संयोजक लगायतको अतिथीको रुपमा उपस्थिति रहेको थियो। 

     

    कोरानाको कारण काम नभएर अथवा इमिग्रेसनले निश्चित समय को लागि काम गर्ने अनुमति नदिएर दैनिक जिवन यापनमा साच्चिकै समस्यमा पर्नु भएका हयोगो केन कोवे का बिधार्थिहरुलाइ(兵庫県日本語教育機関連絡会)Hyogo Prefectural Japanese Language Education Liaison Committee र नेसाज को सहकार्यमा भएपनि राहत सामग्रि बितरणको जानकारी उक्त संस्थाका निर्देशक मार्फत गराइएको थियो भने कार्यक्रम स्थलमा ल्याइएको थोरै सामग्री उपस्थित बिद्यार्थी हरुलाई वितरण गरिएको थियो जसको व्यवस्थापन तथा सहजिकरण नेसाज का सल्लाहकार एबम कार्यक्रम का प्रमुख अतिथि नरेन्द्र बस्नेत र सभाअध्यक्ष एबम नेसाज का महासचिब सन्जय कार्कि ले गर्नु भएको थियो। 

     

     

    कार्यक्रम मा बोल्दै संस्था का सल्लाहकार एबम कार्यक्रम का प्रमुख अतिथि नरेन्द्र बस्नेत ले अहिले को यो बिशम परिस्थितिमा धेरै जसो नेपालि बिधार्थि हरु ले स्युस्योकु गर्दै आउनु भएको होटल टुरिजम इजाकाया लगाएत को क्षेत्रमा कोरोना को नराम्रो प्रभाव परेका कारण अध्ययन पुरा गरेर अहिले स्युउस्योकु गर्न पहिले भन्दा केहि कठिन भएतापनि असम्भव नभएको हुनाले स्वयम् बिधार्थि ले अलिक मिहिनेत गर्दै JLPT,TOEIC लगायतका परिक्षा उतिर्ण गरेमा थप सहयोग पुग्ने र नेपाल बाट ब्याचलर नगरि आउनु भएका र जापान मा सेन्मोन गाक्को पछि स्युउस्योकु गर्न गाह्रो महशुस गर्नु भएका बिधार्थि हरु ले पुन सेन्न्मोन गाक्कोउ भन्दा पनि दाइगाकु हेन्युउ लगायतका राम्रो बिकल्प हरु खोज्दा उपयुक्त हुने लगायतका बिबिध बिधार्थि लाइ अति नै महत्वपुर्ण जानकारी दिनु भएको थियो। त्यस्तै डा भारत नेगी ले कोरोना पछि जापानमा नेपालीहरुको मृत्यु दर बढेको र त्यसको निराकरणको लागि आवस्यक सर सल्लाह प्रदान गर्दा बिश्वो बिद्यालय अध्ययनमा चासो हुने बिद्यार्थी हरु भएमा आफुले जानेको सकेको सरसल्लाह सहयोग गर्न हरदम तयार रहेको कुरा जानकारी गराउनु भयो। 

     

    अन्तमा सभाअध्यक्ष एबम संस्था का महासचिब सन्जय कार्कि ले नेसाज 2021-2023 कार्यकाल मा नेसाज लाइ धेरै भन्दा धेरै नेपालि बिधार्थि माझ पुर्याउने उदेश्य ले क्षेत्रिय समिति बिस्तार कार्यक्रम गर्दै आएको र 

    नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी एतिहासिक स्मारिका प्रकाशन गर्न लागेको जानकारी गराउदै बिधार्थि हरु माझ भएका लेख रचना नेसाज लाइ पठाउन पनि अनुरोध गर्नु भएको थियो 

    received_554032952485937.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार