बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

एनआरएनए सह-कोषाध्यक्षमा जापानबाट वर्तमान आरसी रोबिन्द श्रेष्ठ (गोबिन्द)को उम्मेदवारी घोषणा

गण्डकी पोष्ट भाद्र २५, २०७८ शुक्रबार
  • 796
    SHARES
  • एनआरएनए सह-कोषाध्यक्षमा जापानबाट वर्तमान आरसी रोबिन्द श्रेष्ठ (गोबिन्द)को उम्मेदवारी घोषणा

    गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोबरमा हुने १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिमा सहकोषाध्यक्ष पदका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्दप्रसाद श्रेष्ठ(गोबिन्द)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    images

    एसिया प्यासिफिक संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका जापानका श्रेष्ठले आगामी कार्यकाल २०२१–२३ का लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

    जापानलाई कर्मथलो बनाएका श्रेष्ठले व्यवसायिक तथा सामाजिक जीवनलाई सफल बनाएका छन् । एनआरएन अभियानमा लामो समयदेखि लागेर प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र निरन्तर एनआरएन अभियानमा लाग्ने चाहना अनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको श्रेष्ठको भनाई छ ।

    एनआरएनए आइसिसीको सह-कोषाध्यक्षका उम्मेदवार रोबिन्द प्रसाद श्रेष्ठ(गोबिन्द)  सँगको बिशेष बहस

    एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका श्रेष्ठले एनआरएनए अभियानमा फड्को नमारी क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

    एनआरएन अभियानमा १६ बर्षभन्दा बढि समयदेखिको अनुभव बटुलेका श्रेष्ठलाई आफ्नो पक्षमा पार्न अहिले सबैले जोडबल गरिरहेका छन । उनी एनआरएन सबैको साझा संस्था भएकोले साझा नै भएर काम गर्न रुचाउँछन् ।

    आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेको बताउँछन् ।

    ‘आफु बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन्–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।’ एनआरएनएमा दीर्घकालिन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको श्रेष्ठको ठहर छ ।

    श्रेष्ठले सस्थाको आर्थिक पाटो पारदर्शी हुनु पर्नेमा जोड दिदै संघको कोषाध्यक्षसँग मिलेर सफल कार्यकाल र शशक्त आर्थिक पाटो बनाउनका लागि नै सहकोषाध्यक्षको लागि उम्मेदवार हुने निर्णय गरेको बताएका छन् । एनआरएन अभियानमा तन,मन र धनले सदैव साथ दिइरहेका श्रेष्ठलाई नेतृत्व तहमा ल्याउनै पर्ने आवाज विश्वभर रहेका गैरआवासीय नेपालीहरुको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार