बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

एमसिसी उपाध्यक्ष फतिमाले भेटिन् एमाले अध्यक्ष केपी ओलीलाई

गण्डकी पोष्ट भाद्र २४, २०७८ बिहीबार
  • 291
    SHARES
  • एमसिसी उपाध्यक्ष फतिमाले भेटिन् एमाले अध्यक्ष केपी ओलीलाई

    एमसिसी उपाध्यक्ष फतिमा सुमारले सुरुवाती भेटवार्ता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट गरेकी छिन् ।

    images

    चार दिने भ्रमणमा आएको उपाध्यक्ष सुमार नेतृत्वको टोलीले अहिले एमसिसी सम्झौताका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग भेट गरेकी हुन् ।

    दिउँसो ओली निवास बालकोट पुगेकी उनीसँग एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससमेत छन् । फतिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूलाई भेट्ने कार्यतालिका छ।

    एमसिसीलाई लिएर नेपालका सत्तारढ गठबन्धन पार्टीबीच नै चर्को विरोध भइरहेको छ । एमसिसीलाई लिएर विभिन्न राजनीतिक दलहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार