बिहीबार , कार्तिक ६ गते २०८३ Thursday, 22 Oct, 2026
Follow Us on

जापानमा जारी पारालम्पिकमा नेपालको तर्फबाट सहभागी खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले गर्यो सम्मान

गण्डकी पोष्ट भाद्र १९, २०७८ शनिबार
  • 474
    SHARES
  • जापानमा जारी पारालम्पिकमा नेपालको तर्फबाट सहभागी खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले गर्यो सम्मान

    जापानको टोकियोमा जारी पाराल्याम्पिकमा नेपालको तर्फबाट खेलमा सहभागी हुन आएका खेलाडी र प्रशिक्षकलाई एनआरएनए जापान कान्तो क्षेत्रीय समितिले सम्मान गरेको छ ।

    images

    जारी पाराल्याम्पिकमा नेपालीको तर्फबाट के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्न आएका खेलाडी पलेशा गोवर्द्धन रिपेचेज र प्रशिक्षक कविराज नेगी लामालाई शुक्रवार टोकियोमा एक कार्यक्रमको आयोजना गरि नगद सहित सम्मान गरिएको हो ।

    नेपाली खेलाड़ीलाई अन्तराष्ट्रिय खेलका प्रतिस्पर्धामा प्रोत्साहन गर्ने र खेलप्रति चासो जागृत गराउनका लागि परदेशमा रहेका नेपालीहरुको तर्फबाट खेलाडी पलेशालाई नगद ३ लाख येन र प्रशिक्षक लामालाई १ लाख ५० हज़ार सहित सम्मान गरिएको एनआरएनए जापान कान्तोका अध्यक्ष दिपेश खत्रीले जानकारी गराए । साथै नेपाल पाराल्याम्पिक कमिटिलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

    सोही कार्यक्रममा खेलाडी र प्रशिक्षकलाई गलकोट स्पोर्ट क्लबका अध्यक्ष लक्ष्मण कार्कीले ट्रयाकसुट सेट तो नगद ३० हजार येनले सम्मान गरेको कान्तो क्षेत्रीय समितिका सचिव सागर कार्कीले जानकारी दिए ।

    त्यसै गरि कार्यक्रममा नेप्लिज तेक्वान्दो एसोसियसन जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले खेलाडी पलेशालाई १ लाख येन, प्रशिक्षक बिष्टलाई ३० हजार येन र लामालाई ३० हजारसहित सम्मान गरेका थिए ।

    सम्मान कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले खेलका माध्यमबाट राष्ट्रको पहिचान विश्वसामु परिचित गराउन सकिने भएकोले राज्यले यसतर्फ ध्यान पुर्याउनु पर्ने बताए । कार्यक्रममा रबिन शेरचन, मनिष मगर,कार्सन तामाङ, महेश खड्का, शिव खड्का लगायतले खेलाडी र खेल क्षेत्रमा लाग्ने हरुलाई यहि क्षेत्रमा टिकाइ राख्नका लागि राज्यले विशेष पहल लिनुपर्नेमा जोड दिए ।

    कार्यक्रम अध्यक्ष खत्रीको अध्यक्षता र सचिव कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

    के-४४ विधा अन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले शुक्रबार कास्य पदकका लागि भएको निकै प्रतिस्पर्धात्मक खेलमा चीनकी युजी लीसँग १२-९ को पराजय भएकी थिइन ।

    received_891457164789461.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार