एनआरएनए जापानको यहि जुलाई जुलाई ३० तारिख हुने निर्वाचनका लागि परेका उम्मेदारहरुको प्रारम्भिक नामावाली प्रकाश भएको छ।
निर्वाचन समितिले प्रकाशित गरेको नामावली एक अध्यक्ष पदमा ४ जना , ५ खुला उपाध्यक्ष पदमा ८ जना ,१ महिला उपाध्यक्ष पदमा २ जना, १ जना महासचिवमा ३ जना, १ कोषध्यक्ष पदमा ४ जना, ३ खुला सचिव पदमा ६ जना, १ खुला सह-कोषाध्यक्ष पदमा २ जना, १ युवा संयोजकमा २ जना, ८ खुला सदस्य पदमा १७ जना, १ महिला सदस्यमा २ जना तथा ६ जना आईसिसि सदस्यमा ९ जनाको उम्मेदवारी परेको बताईएको छ ।
प्रारम्भिक नामावली अनुसार,महिला सचिवमा चन्द्र कुमारी केसी ,महिला सह-कोषध्यक्षमा अन्जु भन्डारी तथा महिला संयोजकमा हेमा पाण्डे निर्विरोध चयन हुनुभएको छ ।
उम्मेदवारका बारेमा कुनै दावी, बिरोध, वा संसोधन गर्नपर्ने भए - प्रष्ट कारण र सहि विवरण सहित निर्वाचन समितिको ईमेल nrnelectionjp.1001@gmail.com वा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, जापानको फेसबुक पेजमा जुलाई २६ तारीख १७ बजेसम्म सम्पर्क गर्न समेत आह्वान गरेको छ ।
(2).gif)
