बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

जापानको यामागुची प्रिफेक्चरमा नदीमा पौडी खेल्दै गर्दा दुई नेपाली युवाको मृत्यु

गण्डकी पोष्ट श्रावण २, २०८० मंगलबार
  • 1.5K
    SHARES
  • जापानको यामागुची प्रिफेक्चरमा नदीमा पौडी खेल्दै गर्दा दुई नेपाली युवाको मृत्यु

    जापानको यामागुची प्रिफेक्चरको इवाकुनी सहरको इमाजु नदीमा पौडी खेल्दै गर्दा दुई नेपाली युवाको मृत्यु भएको छ ।  जापानी संचारमाध्यमहरुले २० बर्ष माथिका दुई नेपाली भएको पुष्टि गरेपनी नाम ठेगाना केही खुलाएका छैनन् ।  

    images

    मंगलवार दिउँसो चार जना नेपाली नदिमा पौदिखेल्न पुगेको र करिब ४ः२० बजे एक नेपालीले आफूसँग भएको साथीलाई नदेखेपछी दमकल विभागलाई खबर गरेको समाचारमा जनाईएको छ ।   अग्नी नियन्त्रकहरूले उद्धारको क्रममा एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजे करिब २ देखि २.५ मिटर गहिराइमा भेटेका थिए । 

    दुबैजनालाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र दुबैको मृत्यु भएको पुष्टि अस्पतालले गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार