बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

एनआरएनए जापानको अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरेले उम्मेदवारी घोषणा गर्दै

गण्डकी पोष्ट आषाढ २३, २०८० शनिबार
  • 333
    SHARES
  • एनआरएनए जापानको अध्यक्षमा बर्तमान वरिष्ठ उपाध्यक्ष नविन निउरेले उम्मेदवारी घोषणा गर्दै

     

    images

    टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नविन निउरेले उम्मेदवारी दिने भएका छन् । 

    वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । 

    निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानदारिता, पारदर्शितासहितको रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान’ भन्ने नारासहित एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । 

    संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यसपटक एनआरएनए जापानको अध्यक्षमा आफूले उम्मेदवारी दिन लागेको निउरेले जानकारी दिए । निउरेले कोरोना भाइरसको विश्वव्यापी प्रकोप, आकस्मिक घटना÷दुर्घटना एवं बाढीपहिरोको चपेटामा परेका नेपाल र नेपालीका लागि सहयोग गर्न अग्रभागमा रहेर काम गर्दै आएका छन् । 

    समाजिक सेवा, माववीय सेवाका साथै एनआरएनए जापानको संस्थागत विकासका लागि सुरुवातदेखि नै महत्वपूर्ण योगदान गरेकाले यसपटक पनि आफूलाई जापानबासी गैरआवासीय नेपालीको साथ मिल्ने विश्वास उनले व्यक्त गरे । 

    कोरोना माहामारीको समयमा नेपालीहरुलाई परेको असहज अवस्थामा अस्पतालका लागि भाषागत समस्या परेका नेपालीहरुलाई सहयोग, महामारीमा व्यावसायिक सहजताका लागि जापान सरकारबाट प्राप्त राहत बाँडफाँडमा आएका विवादको समाधानदेखि घाटामा सञ्चालन हुँदै आएको नेपाल फेस्टिबललाई पहिलो पटक निउरे नेतृत्वको आर्थिक समितिले नाफामा लगेको थियो । 

    निउरेले यसअघि पनि सन् २०११–२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३–२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५–२०१७ मा कान्तोकै सचिव, २०१७–२०१९ एनआरएनए कान्तोको संयोजक, २०१९–२०२१ एनआरएनए जापानको युवा उपाध्यक्ष, २०२१-२०२३ वरिष्ठ उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।

    IMG_2890.jpeg

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार