हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा मालिका समाज जापानले “मालिका तीज मेला-२०२३”आयोजना गर्नेभएको छ ।
“मालिका समाज आपतकालिन राहत कोष” संकलानार्थ सेप्टेम्बर १४ तारिख बिहिबार आयोजना हुनलागेको कार्यक्रममा नेपालबाट आमन्त्रित लोक दोहोरी क्षेत्रका ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरि तयारी थालिएको समितिका अध्यक्ष राजु सापकोटाले जानकारी दिनुभयो ।
यसपटक केही फरक तरिकाले तीज पर्व मनाउने निर्णय अनुरुप समाजका संस्थापक अध्यक्ष गुरु प्रसाद सापकोटाको संयोजकत्वमा मेला आयोजक समिती गठन गरिएको बताईएको छ । बाग्लुङ नगरपालिका-५ मालिकाको धुरिमा हुने तीज मेलाको झल्को दिनेगरी चर्चित कलाकारहरुको प्रस्तुती सहित हुनलागेको मेलामा सम्पूर्ण जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई अहिलैबाट समय ब्यवस्थापन गर्नकोलागि समेत अध्यक्ष सापकोटाले अनुरोध गर्नुभएको छ ।
मेलालाई भव्यताका साथ मनाउनको लागि नेपालबाट आमन्त्रित ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको भिषाका लागि आवश्यक डकुमेन्ट्रेसनको प्रक्रिया अगाडि बढाईएको तथा कार्यक्रमको लागि हलको समेत बन्दोबस्त भैसकेको संयोजक गुरु प्रसाद सापकोटाले बताउनुभयो।
टोकियोको बुन्क्यो सिभिक्स हल(Bunkyo Civic Hall) मा हुने कार्यक्रमा टोकियोबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नेमा समिति पूर्ण रूपमा विश्वस्त रहेको पनि संयोजक सापकोटाले बताउनुभयो ।
(2).gif)
