गैर आवासिय नेपाली संघ जापान, क्षेत्रिय समिति कान्तोको संयोजक पदमा सागर कार्की सर्वसम्मत चयन हुनुभएको छ । संयोजकमा उम्मेदवारी दिएका निवर्तमान उपसंयोजक सुरेश केसीलाई केन्द्रिय समितिमा मनोनित गर्ने सहमती जुटाईएको थियो । नव निर्वाचित कार्यसमितिको उपसंयोजकमा दिपक सुवेदि 'विप्लव', सुरज केसी र अर्जुन तिवारी चयन हुँदा महिला उपसंयोजकमा ईश्वरी अर्याल चयन हुनुभयो ।
यसैगरि सचिवमा वासुदेव पन्त, सह सचिवमा महेश श्रेष्ठ र गोमबहादुर बुढा तथा कोषाध्यक्षमा सोहन कुमार
खत्री चुनिंदा सह कोषाध्यक्षमा अनुप गौतम चयन हुनुभएको छ ।
निर्वाचन कमिटिका सदस्य बिकास श्रेष्ठका अनुसार युवा संयोजकको जिम्मेवारी महेन्द्र केसीले पाउँदा सदस्य तर्फ दिपेन्द्र गौतम, चण्डि प्रसाद कँडेल, किरण गौतम,
विपिन श्रेष्ठ, ज्योती रिजाल ढकाल, एकराज तामागं र प्रमोद लोहनी सर्वसम्मत चयन हुनुभयो ।
(2).gif)
