जुन २५ तारिख आइतबार हुनलागेको एनआरएनए जापान कान्तो क्षेत्रीय कार्यसमितिको ८ औँ अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
निर्वाचन समितिका सदस्य बिकाश श्रेष्ठका अनुसार निर्वाचनमा उम्मेदवार हुनको लागि नियमानुसार राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रको पंजीकृत सदस्य हुनुपर्ने बताउनुभयो ।
निर्वाचन नियमावलीका यहाँ क्लिक गर्नुहोला
कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले २०२३ जुन २३ तारिख दिउसो १२ बजेबाट बेलुका १७ बजे सम्म आफ्नो उम्मेद्वारी दर्ता गराउन पर्नेछ।
उम्मेदवारहरुको नामावली प्रकाशन २०२३ जुन २३ तारिख बेलुका ७ बजे गरिने र दाबी बिरोध भएमा २०२३ जुन २४ तारिख साझ ८ बजे सम्म उचित कारण र प्रमाण खुलाई लिखित रुपमा दाबि बिरोध पत्र निर्वाचन कमिटीलाई बुझाउनु पर्ने बताईएको छ ।उम्मेदवारी फिर्ताको समय २०२३ जुन २४ तारिख दिउसो २ बजे सम्मलाई कायम गरिएको छ ।
उम्मेदवारी दर्ताको लागि संयोजकलाई ८० हजार येन, उपसंयोजकलाई ६० हजार येन, उपसंयोजक महिला कोटाको लागि ४० हजार येन, सचिब र कोषाध्यक्षको लागि ५० हजार येन, सह-सचिब र सह-कोषाध्यक्षको लागि ३० हजार येन, युवा संयोजकको लागि २० हजार येन तथा सदस्यको लागि १० हजार येन तोकिएको छ ।
कुनै पनि पदमा तोकिए भन्दा बढी उम्मेदवारी नपरेमा सो पदमा मतदान नगरी निर्बिरोध निर्वाचित भएको घोषणा गरिनेछ र एक भन्दा बढी उम्मेदवारी परेको पदमा निर्वाचन गरिने तथा निर्वाचन मिति घोषणा बिरोध नभएका पदहरुमा २०२३ जुन २५ मा घोषणा गर्ने निर्वाचन समितिका आयुक्त बिजेश थकालीले जानकारी दिनुभयो ।
अधिवेशनका लागि, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकालीको संयोजकत्वमा सालिकराम भण्डारी , बिकाश श्रेष्ठ , बालकृष्ण कडेल ( हिमाल) र मनीष अमात्य सहितको ५ सदस्यीय निर्वाचन समिति गठन भएकोमा छ ।
कान्तो क्षेत्रीय समितिकको ८ औँ अधिवेशन टोकियोको सिनओकुबोस्थित सोलमारी मूरा हलमा जुन २५ तारिख आईतबार मध्यान्ह १२ बजेबाट सुरु हुनेछ।
उम्मेदवारी फर्मकोलागी यहाँ क्लिक गर्नुहोला

(2).gif)
