बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको आठौँ अधिवेशन जुन २५ तारीख आइतबार टोकियोमा हुने

गण्डकी पोष्ट जेठ ३१, २०८० बुधबार
  • 513
    SHARES
  • एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको आठौँ अधिवेशन जुन २५ तारीख आइतबार टोकियोमा हुने

    एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको आठौँ अधिवेशन यही जुन २५ तारीख आइतबारका दिन टोकियोमा हुनेभएको  छ ।  टोकियोको  शिनओकुबो स्थित सोलमारी मुरा हलमा दिनको १२ बजेदेखी  देखी  हुने भएको छ ।

    images

    एनआरएनए जापान राष्ट्रीय समन्वय समिति अन्तर्गत १२ वटा क्षेत्रीय समिति क्रियाशील छन। जसमा राष्ट्रीय समन्वय समितिसंग समन्वय गरी राम्रो काम गर्ने क्षेत्रीय समितिमा कान्तो अग्रस्थानमा छ।

       यो कार्यसमितिले  कान्तो क्षेत्रमा हुने विभीन्न सामाजीक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने विभीन्न कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा सहयोग गर्ने गरेको  सचिब सागर कार्की ले  जानकारी  गराउन भयो ।  

          एनआरएनए जापान क्षेत्रीय समिति कान्तो टोकियो कमिटीको बैठकले आगामी अधिबेसन सफल बनाउन बिजेश थकालीको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन समिति गठन गरेको उपसंयोजक सुरेश केसिले जानकारी गराउनु भयो ।  

    जसमा सदस्य सचिब सालिकराम भण्डारी सदस्यहरुमा बिकाश श्रेष्ठ , बालकृष्ण कडेल ( हिमाल) र मनीष अमात्य रहनु भएको छ। निर्बाचन कमिटीले पाएको जिम्मेवारी छिटै नै सुरू गर्ने निर्बाचन समितिका सदस्य सचिब भण्डारीले जानकारी दिनु भएको छ। 

        अधिवेसनमा कान्तो क्षेत्रमा  रहनुभएका नेपाली दाजुभाइ दीदी बहिनीलाई लगायत सम्पुर्न संघ सस्थाहरूका प्रतिनिधिहरुलाई उपस्थित भै अधिबेसन सफल बनाउन  सहयोग गरिदिनुहुन संयोजक दिपेश केसीले सबैमा आग्रह गर्नु भएको छ।  

    अधिवेसन सम्पन्न गर्नकोलागी  निर्वाचन समिति केही दिनमै सम्पूर्ण कार्यतालिका सार्वजनिक गर्ने सह सचिब  दिपक सुवेदी विप्लब ले जानकारी दिनुभयो ।  

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार