बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

मौसममा सुधार

गण्डकी पोष्ट कार्तिक ४, २०७८ बिहीबार
  • 308
    SHARES
  • मौसममा सुधार

    नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ।

    images

    ष्लखयतभअज
    आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ।

    वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन।

    भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो।

    नययमपलष्नजतकबलष्mब  दयह बम द्द
    हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ। ‘त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ। कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ,’ उनले भने।

    त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ।

    देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

    लअभिि ष्ल
    प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

    प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम ९कणाली र सुदूरपश्चिम० क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो।

    बेमौसम ९कात्तिक० मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ। भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबाली समेतमा निकै क्षति पुरयाएको छ। 

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/66
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार