बुधबार, कार्तिक ५ गते २०८३ Wednesday, 21 Oct, 2026
Follow Us on

Trending

एनआरएनएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित, समस्याको समाधान गरी नयाँ मिती तोकिने

गण्डकी पोष्ट आश्विन २५, २०७८ सोमबार
  • 598
    SHARES
  • एनआरएनएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित, समस्याको समाधान गरी नयाँ मिती तोकिने

    गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

    images

    संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित भएको जनाएका छन् ।

    प्रवक्ता क्षेत्रीद्वारा जारी प्रेश बिज्ञप्तीमा महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएको जनाईएको छ ।

    भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

    संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।

    संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने तयारी गरेको बताएको छ ।

    DCD99967-0FA9-4492-B8A1-234D384340DA.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार