क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोेमाथि ढुङ्गा प्रहार भएको छ । चुनावी अभियानमा जुटेका प्रधानमन्त्री ट्रुडोेमागि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री टुडोमाथि ढुङ्गा प्रहार गरे पनि ट्रुडोेलाई चोट भने लागेको छैन ।
आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् । एक साताअघि मात्रै आक्रोशित बनेका प्रदर्शनकारीले एम्बुस बिछ्याएपछि ट्रुडोले चुनावी र्याली स्थगित गरेका थिए ।
अन्टारियोमा ढुङ्गा प्रहार भएको विषयमा प्रतिक्रिया दिँदै उनले आफू घाइते नभएको बताएका छन् । उनले यस घटनालाई २०१६ को घटनासँग तुलना गरे । त्यतिबेला एक महिलाले उनलाई फर्सीले हानेकी थिइन् । विपक्षी पार्टीका नेता इरिन ओ टोलीले पनि यस घटनाको निन्दा गरेका छन् । राजनीतिक हिंसा कहिल्यै सही हुन सक्दैन र दबाब, दुर्व्यवहार र हिंसाबाट हाम्रो मिडिया स्वतन्त्र हुनुपर्छ,’ उनले ट्वीट गरेका छन् ।
(2).gif)
